ग्रामिण भेगबाट खुलेआम तस्करी

4

चिरञ्जीवी यादव
वीरगंज, १२ माघ ।
पर्साको ग्रामिण भेगमा खुलेआम तस्करी भइरहेको छ । नेपाल भारत सिमामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुको मिलोमतोमा भन्सार छलीगरी लाखौ मूल्य बराबरको सामानहरु चिनी, मैदा, डाल्डा, तोरीतेल, बिस्कुट तथा विभिन्न सवारी साधनहरुको स्पेयरपार्ट्सहरुको तस्करी तीब्र गतीले भइरहेको छ । खुल्ला सिमानाको फाइदा उठाउदै तस्करहरु नेपालबाट मरिच र मटर केराउ भारतमा पु¥याउने र भारतबाट अबैध भारतिय सामानहरु नेपाल भित्र्याउने काम दिन प्रतिदिन बढ्दै गए तापनि प्रहरी मौन अवस्थामा रही पैसा उठाउनेमा ब्यस्त रहेको स्थानियहरुको गुनासो रहेको छ ।