जितपुरको नसिम नगरमा बृहत सरसफाई सम्पन्न

16

मनोज साह
जितपुर बारा, १२ माघ ।
जितपुरको नसिम नगरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ नसिम नगरका टोल सुधार साझेदारी समुदाय प्रहरीको आयोजनामा सो सरसफाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममका प्रमुख अतिथि जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरका सदस्य मोहरम अंसारी रहुनु भएका थिए भने कार्यक्रम सो टोलको टोल सुधार समितका अध्यक्ष मौजाहिर हवारीको सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख अतिथि अंसारीले सबै भन्दा पहिले अफ्नो घर अगान सफा गर्नुपर्दछ अनि नगरको बिकास हुने बताउनुभयो । कार्यक्रमका अतिथि मुसलिम केन्द्रका मुना अंसारी, युवा नेता अफताब आलम, दामोदार यादव, ईलाका प्रहरी कार्यालय प्रमुख उदेय शर्मा, ट्राफिक प्रहरी पोष्ट शैलेन्द्र यादव लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।