दूतावासद्वारा भारतको ७० औं गणतन्त्र दिवसको अवसरमा बस र एम्बुलेन्स प्रदान

36

संतोष रन्जितकार
वीरगंज, १२ माघ ।
भारतिय महावाणिज्य दुतावास वीरगंजले भारतको ७० औं गणतन्त्र दिवस एक समारोहका बिच भव्य रुपमा मनाएको छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि भारतिय महावाणिज्य दुतावास वीरगंजले आप्mनै कार्यालयको प्रांगणमा ७० औं गणतन्त्र दिवस मनाएको हो । सो कार्यक्रममा नेपाल र भारत दुबै देशका संस्कृती झल्किने गरी नृत्यहरु समेत प्रस्तुत गरीएको थियो । कार्यक्रममा भारतिय महावाणिज्य दुतावास वीरगंजका महावाणिज्य दुत बि.सि. प्रधानले भारतका राष्ट्रपति श्री रामनाथ कोविन्दले भारत बासीको नाममा दिएको सन्देश पढेर सुनाउनु भएको थियो । ७० औं गणतन्त्र दिवसको अवसरमा विभिन्न संघसंस्थाहरुलाई बस तथा एम्बुलेस प्रदान गरिएको प्रधानले जानकारी गराउनु भयो । ७० औं गणतन्त्र दिवसको अवसरमा भारतीय महावाणिज्य दुतावासले सांस्कृतिक कार्यक्रमको साथ–साथै दिवा भोज समेतको आयोजना गरिएको थियो । दिवा भोजमा विभिन्न राजनीतीक दल, समाजसेवी, संघसंस्था र सञ्चारकर्मीहरुको प्रवल उपस्थिती रहेको थियो ।
७०औं गणतन्त्र दिवस भारतिय महावाणिज्य दुतावास वीरगंजका महावाणिज्य दुत बि.सि. प्रधानको अध्यक्षतामा गरिएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश नम्बर २ का भौतिक तथा योजना मन्त्री जितेन्द्र सोनल, भारतीय महावाणिज्य दुतावास वीरगंजको उप–महावाणिज्य दुत रमेश चतुर्वेदि, वाणिज्य दुत रमेश कुमार, डा.कोट्राश्वामी, विनोद लोहसाली, नेशनल मेडिकल कलेजका चेयरमैन डा.जैनुद्दिन अंसारी, एम.डि तथा नेकपाका नेता बसरुद्दिन अंसारी, आबिद अंसारी (चाँद), संघीय समाजवादी फोरम नेपालका निजामुद्दिन समानी, पर्सा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल, समाजसेवी पशुपति विक्रम शाह र उषा शाह, उद्योगपति अजय प्रजापति, नेपाल पत्रकार महासंघ प्रदेश नं.२ का अध्यक्ष दीपेन्द्र चौहान, रेडियो वीरगंजका ध्रुव साह लगायतको स्थानीयहरुको सहभागिता रहेको थियोे ।