निःशुल्क आँखा शिविर सम्पन्न

18

संतोष रन्जितकार
वीरगंज, १२ माघ ।
बाराको बिश्रामपुर गाउँपालिका वडा नं. ३ मुसहरवामा नेपाल नेत्र ज्योति संघ आर.एम. केडिया आँखा अस्पताल वीरगंजको आयोजना तथा राजपाको केन्द्रिय सदस्य शम्भु पंडितको सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । रँजपाको केन्द्रिय सदस्य पंडितको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत भाषण शैलेन्द्र त्रिपाठीले गरेका थिए । सो कार्यक्रमको संचालन बृजेशवर प्रसाद चौधरीले गर्नु भएको थियो ।
शिविरमा डा. कृष्णकान्त गुप्ता, डा.कौशल कुमार कर्ण, डा.राजेश प्रसाद यादव, डा.बिन्दा बसन्त, उर्मिला देवी, जवाहर बैठा, जुमरादी मियाँ लगायतको उपस्थिति रहेको थियो ।
शिविरमा ५५४ जनाको निःशुल्क आँखाको चेकजाँच गरिएको थियो भने चेकजाँचमा २२६ जनामा मोतियाबिन्दु समेत फेला परेको थियो । मोतियाबिन्दु फेला परेका व्यक्तिहरुको आर.एम. केडिया आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने अस्पतालका डा. कृष्णकान्त गुप्ताले बताए ।