नेपाल मार्शल सेल्फ डिफेन्स संघ गठन

19

वीरगंज, १२ माघ ।
वीरगंज दरबार होटेलमा विभिन्न खेल प्रेमी तथा खेलसंग आबद्ध खेलाडीहरुको भेलाबाट शनिबार नेपाल मार्शल सेल्फ डिफेन्स संघ गठन भएको छ ।
जिल्ला खेलकुद बिकास समिति पर्साको अध्यक्ष निशान्त लामिछानेको विशेष उपस्थिति तथा राष्ट्रिय कब्बडी संघ का केन्द्रीय अध्यक्ष शिवजी गुप्ता र ब्लड डोनर्स अफ एसोसियन पर्साको सचिव अरबिन्द सिंहको उपस्तिथीमा प्रभाकर गुप्ताको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो ।
उक्त संघमा उपाध्यक्ष क्रमश धनन्जय मिश्र,राजबाबु रौनियार, इश्वर यादव, सचिव राजन श्रीवास्तव, सह–सचिव प्रकाश शर्मा, र कोषाध्यक्षमा रोशनी श्रेष्ठ त्यस्तै सदस्यहरुमा बिशाल कुमार, रबि कुमार, महम्मद वेश, राजकुमार महतो, सैली चौधरी, अल्का कलवार, करण यादव, दिपेश मानन्धर, सुब्रत श्रेष्ठ, पृथ्वी कुशवाहा, प्रगति खड्का, आरजु देवकोटा, बिमल पौडेल, सन्दिप बिक्रम साह, रंजिता कलवार, अजय शर्मा गरि २३ सदस्यीय नेपाल मार्शल सेल्फ डिफेन्स संघ पर्सा गठन भएको थियो ।
त्यस्तै सल्लाहकार समितिमा संयोजक डा. दिपक शाक्य, गणेश लाठ, अशोक टेमानी, निशान्त लामिछाने, अरविन्द सिंह, सोनम लामा, शिवजी गुप्ता, दिपक तुल्स्यान गरि आठ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको थियो । कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष निशान्त लामिछानेले अहिले तत्काल बिकराल रुपमा अगाडी बढिरहेको महिला हिंसाको घटनालाई न्यूनीकरण गर्नको लागि आत्मारक्षा तालिम दिनको लागि सम्पूर्ण खेलका गुरुहरुलाई आग्रह गर्नुको साथै जिल्ला खेलकुद बिकास समितिबाट हुने सम्पूर्ण सहयोग गर्ने बताउनु भएको थियो ।
त्यस्तै अरबिन्द सिंहले हाम्रो दिदी बहिनी चेली बेटी अहिले असुरक्षित रहेको बेला यसले ठुलो उपलब्धी हुने बताउनु भयो । जिल्लाको हरेक बिद्यालय, क्याम्पस तथा स्थानीय तह संघसंग समन्वय गरेर स्थानीय समुदायलाई आत्मरक्षा सम्बन्धी पाठ सिकाउनु एक दम राम्रो हुने बिश्वास गर्नु भयो ।