स्वास्थ्य जनचेतना जगाउन रक्तदान कार्यक्रम

39

संतोष रन्जितकार
वीरगंज, १२ माघ ।
सुर्य अस्पताल र सामुदायिक प्रहरी सेवा केन्द्र बीर्ताको संयुक्त आयोजनामा आज विर्ता मन्दिर प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा १० महिला सहित ६४ जनाले रक्तदान गरेका छ्न । बिशेष गरि महिलाहरुलाई प्रसवको बेला रक्तको अति आवश्यकता हुने हुंदा जनचेतना जगाउन रक्तदान कार्यक्रमको आयोजना गरीएको सुर्य अस्पतालको सञ्चालक डा. सरोज सिंहले जानकारी गराउनु भयो ।
सुर्य अस्पतालले नियमित रुपमा रक्तदान र अन्य स्वास्थ्य जनचेतना कार्यक्रमको आयोजना गर्ने डा. मोनिका यादव सिंहले बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष जगत साह कानु, सुदिप लामा, वडा प्रहरी बिर्ताका प्रहरी निरिक्षक निशान थापा लगायतको उपस्थिती रहेको थियो ।

https://ankushdaily.com/