ग्रामिण नाकाबाट व्यापक तस्करी

11

चिरञ्जीवी यादव
वीरगंज, १३ माघ ।
पर्साको ग्रामिण भेगबाट तस्करी ब्यापक रुपमा बढेको छ । ग्रामिण भेगमा रहेका नेपाल भारतको खुल्ला सीमा–नाकाको फाइदा उदाउँदै इनारवा, सिक्टा र भेलाहीबाट तस्करहरु अबैध भारतीय समानहरु खरिद गरि घरमा स्टौक गर्ने र ठाउँ–ठाउमा पु¥याउने काम भइरहेको छ । तस्कर र प्रहरीहरुको मिलीभगतको कारणले तस्करी खुलेआम भईरहेको स्थानीयहरु बताउँछन् । यसैक्रममा इलाका प्रहरी कार्यालय एकटाङ्गाका प्रहरी टोलीले गस्ती गर्ने क्रममा तस्करहरु द्यच्इछश्(ठज्ञद्धज्ञ को मोटरसाइकलमा लागुऔषध गांजा लोड्गरी ल्याइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले तस्करहरुबाट २० किलो लागूऔषध गांजा हरपुर र एकटाङा बिच पर्ने तिलावे खोलाबाट पक्राउ गरेको हो । प्रहरीलाई देख्ने बित्तिकै तस्करहरु भाग्न सफल भएका थिए भने पक्राउ गरिएको लागुऔषध गांजा र मोटरसाइकल इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।