पर्सामा व्यापक काठ तस्करी बढ्दो

1

चिरञ्जीवी यादव
वीरगंज, १३ माघ ।
वनकर्मी र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीहरुको मिलोमतोमा काठ तस्करी भइरहेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक आशिष अधिकारीको टोलिले बिशेष सुचनाको आधारमा आइतबार पर्सागढी नगरपालीका ३ पकडियामा आधादर्जन भन्दा बढी फर्निचर उधोगहरूमा बन कर्मचारी र प्रहरीको टोलिले संयुक्त रूपमा छपामारी गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली सेक्टर बन कार्यालय बढनियार र वन डिभिजन कार्यालय पर्साको टोलीले छपामारी गर्ने क्रममा प्रहरी र स्थानीयहरूसंग झडप पनि भएको प्रनी अधिकारीले बताए । अवरोध गर्दा केही बेर तनाव भएको थियो । झडप गर्ने एक जना पकडियाकै सुरेश चौधरीलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखेको छ । राष्ट्रिय बनबाट अबैध रूपमा हाथे आराबाट सालको काठ काटेर ल्याई फर्निचर बनाउने गर्दै आएका हुन । छापामारीमा सालको पटरी २० थान, चौकट २३ थान, कडी १२ थान गरी अन्दाजी २५ क्युफिट सालको काठहरू बरामत गरी मधुवन मथवल सेक्टर बन कर्यालय बढनिहारमा बुझाएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ ।