इन्फोसान अन्तरक्रिया कार्यक्रम सम्पन्न

47

संतोष रन्जितकार
वीरगंज, १४ माघ ।
ईन्फोसान अन्तरक्रिया कार्यक्रम सोमबार वीरगंज उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय खाद्य प्रबिधी तथा गुण नियन्त्रण बबरमहल,काठमाडौंको आयोजनामा र वीरगंज उद्योग बाणिज्य संघको सह–आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता बिभागका महानिर्देशक सन्जिव कुमार कर्ण र वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्याम प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बिभागका बरिष्ठ खाद्य अधिकुत पुर्ण बहादुर बस्ती, बिमल दाहाल, रोहन कृण महर्जन, खाद्य आयात निर्यात प्रमाणिकरण कार्यालय वीरगंजका प्रमुख बिजय खनाल, वीरगंज उद्योग बाणिज्य संघका उपाध्यक्ष अनिल कुमार अग्रवाल, नेपाल पत्रकार महासघ प्रदेश नं. २ का उपाध्यक्ष केसि लामिछाने, सदस्य जगत राई, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य धिरज शर्मा, पशु क्वारेन्टाइन कार्यालय वीरगंजका पशु चिकित्सक अरुण कुमार सिन्हा, वीरगंज उद्योग बाणिज्य संघका प्रशासन अधिकृत मनोज उपाध्याय, संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन खाद्य प्रबिधिका प्राबिधिक सहायक पुर्ण बहादुर पौडेल गर्नु भएको थियो ।

https://ankushdaily.com/