नेविसंघद्वारा ठाकुरराम क्याम्पसको वृहत सरसफाई

15

संतोष रन्जितकार
वीरगंज, माघ १४ ।
सरस्वती पुजाको अवसर पारेर नेपाल विधार्थी संघले सोमबार वीरगंज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
यही माघ महिनामा हुने विधाकी देवी माता सरस्वती पुजाको दिन नजिकीदै जादा नेपाल विधार्थी संघ पर्सा क्षेत्र नम्बर १ ले ठाकुरराम बहुमुखी क्याम्पसमा वृहत सरसफाई गरेको हो ।
नेपाल विधार्थी संघ पर्सा क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति देवप्रकाश पटेलको अध्यक्षतामा भएको वृहत सरसफाई कार्यक्रमका प्रमुख अतिथी कांगे्रसका युवा नेता धर्मेन्द्र पटेलले क्याम्पस प्रांगणमा रहेको सरस्वतीको मन्दिरलाई सरसफाई गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता पटेलले नेवि संघले क्याम्पसको सफाई संगै यस भित्र रहेका विकृतीहरुको पनि सफाई गर्दै लैजाने बताउनुभयो । उहाँले सरसफाई अभियानलाई अझ वृहत बनाएर सफाई प्रति जनलहर फैलाउने जानकारी दिनुभयो ।
ठाकुराराम बहुमुखी क्याम्पसमा नेविसंघको योगदान ऐतिहासिक भएको बताउदै नेता पटेलले क्याम्पसमा हुने हरेक क्रियाकलापमा नेविसंघले नेतृत्वदायि भुमिका निर्वाह गर्दै आएको र गर्दै रहने बताउनुभयो ।
यसैगरी क्षेत्रिय सभापति देवप्रकाश पटेलले सफाई अभियानलाई निरन्तरता दिने बताउनुभयो । उहाँले नेविसंघले समय मिलाएर अन्य क्याम्पस, विद्यालय र सार्वजनिक स्थलहरुको पनि सफाई गर्ने जानकारी दिनुभयो ।
परिवर्तन र विकासको लागि नेविसंघ सदैव तयार रहेको बताउदै आउने दिनमा पनि ठाकुररामको शैक्षिक सुधार एवं वृहत विकासको लागि काम गर्ने बताउनुभयो ।
कार्यक्रममा नेविसंघका केन्द्रिय सदस्य सुधिर पटेल, युवा नेता विश्वास द्विवेदी, दिलिपराज कार्की, क्याम्पस ईकाइ अध्यक्ष मनोज साह, अनिल पटेल, राज चौरसिया, समिर मंसुर, पुरुषोत्तम दुवे, बाबुनन्द पटेल, सुरज पटेल, प्रभात सिंह लगयतको सहभागिता रहेको थियो ।
कार्यक्रम पश्चात सफाई समाग्रीहरु क्यापसलाई हस्तान्तरण गरिएको क्षेत्रिय सभापति देव प्रकाश पटेलले जानकारी दिनुभयो ।