सुन्दर सावित्री स्मृति संस्थाद्वारा पत्रकार साह पुरस्कृत

6

वीरगन्ज, १४ माघ ।
सुन्दर सावित्री स्मृति संस्था काठमाण्डौले सोमबार वीरगन्जका पत्रकार क्रान्ति साहलाइ पुरस्कृत गरेको छ । वीरगन्जमा सोमबार तेश्रो वार्षिक भगवान बुद्ध पूजाको अवसरमा आयोजित कार्यक्रममा सुन्दर सावित्री स्मृति संस्थाले पत्रकार साहलाई सम्मान पत्र सहित नगद १५ हजार रुपैयाको पुरस्कार प्रदान गरेको हो ।
साह, नारायणी एफ एमको स्टेशन प्रबन्धक र अन्नपूर्णपोष्ट राष्ट्रिय दैनिक पत्रिकाका पर्सा जिल्ला संवाददाता हुन् । कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया र संस्थाकी अध्यक्ष रत्नेश्वर कुमारी गोर्खाली श्रेष्ठले साहलाइ सम्मान पत्र र पुरस्कार राशी प्रदान गरेका थिए ।
लामो समय देखि पत्रकारीता क्षेत्रमा कृयाशील रहेर विभिन्न क्षेत्रमा योगदान पु¥याएकाले पत्रकार साहलाइ सम्मान पत्र र नगद पुरस्कारले पुरस्कृत गरिएको सुन्दर सावित्री स्मृति संस्थाकी अध्यक्ष रत्नेश्वरी कुमारी गोर्खाली श्रेष्ठले बताइन् ।
संस्थाले यसअघि वीरगन्जका पत्रकारद्वय ध्रुब अधिकारी र विजय कुशवाहालाइ उक्त पुरस्कारबाट पुरस्कृत गरिसकेको हो ।
कार्यक्रममा सुन्दर सावित्री स्मृति संस्थाले वीरगन्ज १५ भिस्वामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका छात्रछात्राहरुलाई ७५ थान स्वीटर पनि वितरण गरेको थियो ।
वीरगन्जको भिस्वा डाडामा सुन्दर सावित्री स्मृति संस्थाकी अध्यक्ष रत्नेश्वर कुमारी गोर्खाली श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सांसद एंव काँग्रेस पर्साका पुर्व सभापति राजेन्द्र बहादुर अमात्य, वीरगन्ज उपमहानगरपालिकाकी उपमेयर शान्ति कार्की, संस्थाका सल्लाहकार भुवनेश्वर कुमार प्रधान, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, समाजसेवी वीरहर्ष शाक्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।