प्रदेश सरकारले स्थानीय तहमाथि धावा बोलेको छ ः सभापति द्विवेदी

97

वीरगंज, १५ माघ ।
संघीय सरकारले विधि सम्मत काम नगरेको प्रदेश सरकारको अधिकार माथि कुठाराघात गरेको आरोप लगाउँदै आएका प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहको अधिकार माथि धावा बोलेको नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले आरोप लगाएका छन् ।

नेका सभापति द्विवेदीले नेपाली कांग्रेस पर्साको पार्टी कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलन मुख्यमन्त्री राउतले वीरगंज महानगरपालिकाको नाउँमा रहेको वि.पी. उद्यानको जग्गामा महानगरसंग कुनै सोधपुछ नै नगरी उसको सहमति बगैर शहिद पार्क शिलान्यास गरेको खण्डमा मुडभेडको स्थिती सृजना हुने बताउनु भयो । आजका मुख्यमन्त्री म उपमेयर छंदा तत्कालिन वीरगंज उप–महानगरपालिकामा अधिकृत पदमा कार्यरत थिए । त्यस बेलाको सरकारसंग हामी कसरी लडेर यो जग्गा प्राप्त ग¥यौ सो कुरा उनलाई राम्ररी थाहा छ । कानूनको बारेमा राम्ररी जानकार रहेका मुख्यमन्त्री राउतले वि.पी. उद्यानभित्र अडोटोरियम बनोस, पार्क बनोस, शहिद स्मारक बनोस त्यसमा हामीलाई कुनै आपत्ति छैन । तर विधी सम्मत कानूनी प्रक्रिया पुरा भएर काम हुनु पर्दछ । प्रदेशको मुखियाले जब कानून उल्लंघन गर्दछ तब अरुबाट कानूनको पालना होस कल्पना गर्नु बेकार हुने बताउँदै द्विवेदीले प्रदेश सरकारले यस तर्फ गम्भिरता पूर्वक सोच्ने छ भनी आफु आशावादी रहेको बताउनु भयो । नेपाल प्रेस युनियन पर्साद्वारा आयोजित सो पत्रकार सम्मेलनमा नेपाली कांग्रेस पर्साका पूर्व सभापति एवं पूर्व सांसद राजेन्द्र बहादुर अमात्य, पूर्व मन्त्री दुर्गा देवी, पूर्व जिविस सभापति जर्नादन सिंह क्षेत्री, वीरगंज महानगरपालिकाको उपमेयर शान्ति कार्की, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, नेका पर्साका पार्टी सचिव श्याम पटेल लगायतको उपस्थिती रहेको थियो ।

https://ankushdaily.com/