नेविसंघद्वारा भव्य मशाल जुलुस प्रदर्शन

7

संतोष रन्जितकार
वीरगंज, १६ माघ ।
नेपाल विद्यार्थी संघ पर्साले बुधबार वीरगंजमा भव्य रुपमा मशाल जुलुश प्रदर्शन गरेको छ । नेवि संघका नेताहरु दुई समुहमा विभाजन भई वीरगंजको विभिन्न ठाउँबाट मशाल जुलुश निकालेका थिए ।
वीरगंज घण्टाघर स्थित रहेको आँखा अस्पतालको गल्लिबाट नेविसंघ, पर्सा क्षेत्र नं. ४ का सभापति विकास तिवारीको नेतृत्वमा मशाल जुलुश निस्केको थियो ।
उक्त जुलुश माईस्थान चौक परिक्रमा गरी पुनः घण्टाघरमा पुगी सम्पन्न भएको थियो । सो जुलुसमा नेविसंघ पर्साका नेता जीवन सापकोटा, केशव घिमिरे, सरोज चौरसिया, चन्दन सहनी, अभय कर्ण, अनिल पटेल लगायतको सहभागिता रहेको थियो ।
यस्तै अर्को समुहले नेविसंघ, पर्साका नेता बिश्वास द्विवेदिको नेतृत्वमा मशाल जुलुश निकालेको थियो । जुन जुलुशमा नेविसंघका केन्द्रिय सदस्य सुधीर पटेल, बद्रीनाथ तिवारी, नेता रोशन सिंह लगायतको सहभागिता रहेको थियो ।
वीरगंजको घण्टाघर, पानमण्डी र महाविर स्थानबाट जुलुश निस्केको थियो भने माईस्थानमा पुगि सम्पन्न भएको थियो । प्रहरी हस्तक्षेपको डरले अनेकन ठाउँबाट मशाल जुलुश निकालिएको थियो ।
नेकपा नेतृत्वको वर्तमान सरकार हत्या, हिंसा, बलात्कार, माफिया र भ्रष्टाचारमा संलग्नहरूको संरक्षक बनेको भन्दै केन्द्रले घोषणा गरेको बिरोधको कार्यक्रम अन्तर्गत वीरगंजमा पनि मशाल जलुश निकालिएको थियो ।
विरोध प्रदर्शन कै क्रममा नेविसंघका सह महामन्त्री प्रेमराज जोशी र कुटपिटबाट घाइते भएका नेविसंघका नेता विजय महतोको विरोधमा नेविसंघ देश भरी नै आन्दोलित भएको छ ।