प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

18

संतोष रन्जितकार
वीरगंज, १६ माघ ।
समुदाय–प्रहरी साझेदारी जिल्ला समिति पर्साको आयोजनामा समुदाय–प्रहरी साझेदारी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वीरगंज बिर्ता–४ मा रहेको त्रिजुद्ध माबिमा भएको कार्यक्रममा कार्यक्रमको बिशिष्ठ अतिथि केन्द्रिय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उतमराज सुबेदीले अपराधका मुल कारण नै सामाजिक संजाल फेसबुक रहेको बताए । सो कार्यक्रम जिल्ला समन्वय समिति पर्साका सभापति नेक महमद अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
केन्द्रिय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुबेदीले महिला हिंसा, बलात्कारका घटना, अपहरण र लागु औषध सेवन जस्ता अपराध आप्mनै घरपरिवार, नातागोता, सहकर्मी, चिनेजानेका व्यक्तिहरु बाट बढी हुने र अनावश्यक चिजको डिमान्ड गर्ने, जिद्दी गरेपछी त्यस्ता मांग सजिलै पूरा गर्नाले अपराधी गतिविधि तिर लाग्ने १६–२५ बर्षका युवाहरु अपराध गतिविधिमा लागेको रेकर्ड रहेको बताए । त्यसैगरी नागरिक सुरक्षा, सामाजिक विकृति, अपराध नियन्त्रण, लागूऔषध, जाड–रक्सी, बालबिवाह, सरसफाइ, जोखिम न्यूनीकरण कम गर्न स्थानीय सरकारसंग अधिकार पनि छ र जिम्मेवारी पनि हो । यसबाट बच्न सचेतनामुलक कार्यक्रम गर्ने, पर्चा–पम्पलेट, ¥याली सञ्चार माध्यमबाट पनि जनचेतना पु¥याउन मद्दत पुग्ने बताए ।
पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकाल, पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराई, वीरगंज उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध कुमार गुप्ता, वडा नं.४ का अध्यक्ष जगत साह कानु, सामुदायिक सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सरार्फ, सचीव दिलिप प्रधान, व्यवस्थीत वीरगंजका संयोजक दिलिपराज कार्की, स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्ण कुमार खनाल, ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष ओमप्रकाश खेतान, सामुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष बिदुर गुप्ता, सचिव ग्यासुदिन देवान, सामुदायिक सेवा केन्द्र कुम्हालटोल, सामुदायिक सेवा केन्द्र छपकैया, सामुदायिक सेवा केन्द्र बिर्ताका पदाधिकारीहरु, वीरगंज युवा समाजका अध्यक्ष कमल चौलागाईं, सामाजिक अभियन्ता प्रकाश थारु, मानव सेवा आश्रमका दिवेस गुप्ता, रेकक्रस पर्साका मधु राणा, पर्सा ट्राफिक प्रहरी निरीक्षक सुरेस कुमार साह, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्ल, आस्था नेपालका अजित राई, सुषमा तिवारी दुबेदी, नेपाल पत्रकार महासघ प्रदेश नं.२ का सदस्य जगत राई, माट्रिका आई फाउण्डेशनका डा.महेश सिंह धामी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, जनप्रतिनिधिहरु, विद्यार्थीहरु र सञ्चारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम संचालन वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निशान थापाले गर्नु भएको थियो ।