शहिद दिवसको अवसरमा चार पूराना कांग्रेसी नेताहरु सम्मानित जीपी कोइराला फउण्डेशनद्वारा भव्य कार्यक्रमको आयोजना

35

वीरगंज १६ माघ ।
देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै वीरगंजमा बुधबार सहिद दिवस मनाइएको छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरड्ढुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्र विरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरुमा आप्mनो जिवनको आहुती गरेका वीर सपूतहरुको सम्झनामा प्रत्येक र्वष झै यस वर्ष पनि सहिद दिवस मनाइएको छ । वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द्र र गङगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरु योद्धाहरुको योगदानमा सहिद दिवस मनाइएको हो ।


त्यही अनुरुप वीरगंजमा बुधबार जी पी कोइराला फाउण्डेशनले शहिद दिवसको अवसरमा शहिद तेज बहादुर अमात्य र शहिद श्रीबम मल्लको शालिकमा माल्यार्पण गरी शहिदहरुको सम्झना गरेको छ । फाउण्डेशनले शहिद दिबसको अवसरमा नारायणी उपक्षेत्रिय अस्पतालका विरामीहरुलाई फलफुल समेत वितरण गरेको थियो । र्कायक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता राम नरायण कुर्मीले देशमा कांग्रेस कमजोर भएको कारण प्रजातन्त्र कमजोर भएको दाबी गरेका थिए । देशलाई राजनीतिक तथा समाजिक निकास दिनलाई कांग्रेस नै आवश्यक रहेको उनले बताए ।
नेपाली कांग्रेस पर्साका अध्यक्ष अजय द्विवेदी हरेक राजनीति पार्टीका नेता तथा कार्यकर्तामा राजा बन्ने प्रवृति पलाएको दावी गरेका छन । प्रजातन्त्रका लडाई लडेर राजा हटायौ र राजा बन्न प्रवृती नेता तथा कार्यकर्तामा पलाएपछि देशका बलिदानी दिएका शहिदहरुको अपमान गरेको द्विवेदी भनाई रहेको थियो ।
शहिदलाई वर्षमा एक चोटी मात्र याद गरिरहेकोले हामीले आफनो अभिभारा पुरा ग¥यौ भनेर सोच नै गलत रहेको शहिद पुत्र राजेन्द्र बहादुर अमात्यको भनाई रहेको थियो । सहिदको शोच र बलिदानीलाई हामीलाई दिएको अभिभारा पुरा गर्न सकेका छैनौ ।
शहिद तेज बहादुर अमात्यको शालिकमा माल्यार्पण गर्ने कार्यक्रममा नेपाली कांग्रेस पर्साका पार्टी सभापति अजय कुमार द्विवेदीले श्री रामचन्द्रा प्रसाद कुर्मी, हाजीलाल महमद अंसारी, द्वारिका महतो, एनामूलहक अंसारीलाई दोसल्ला ओढाई सम्मानित गरेका थिए ।
जी पि कोईराला फाउण्डेशन र्पसाका अध्यक्ष मोहम्मद शहाबुद्दिनको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव किशोरी साह कानु, श्याम पटेल, जमिला खातुन लगायतका व्यतिmहरुको सहभागिता रहेको फाउण्डेशनका सचिव मनोहर साहले बताएका छन ।