शहिद दिवसको अवसरमा निःशुल्क आँखा परिक्षण

15

संतोष रन्जितकार
वीरगंज, १६ माघ ।
शाहिद दिवसको उपलक्ष्यमा वीरगंज १४ बहुवरी पिपरामा बुधबार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्टार युथ क्लब बहुवरी पिपरा र माट्रिका आई फाउन्डेशनको संयुक्त आयोजनामा आँखा परीक्षण शिविर सम्पन्न भएको हो । शिविरमा १५३ जनाको आँखाको चेकजाँच गरिएको थियो । सो चेकजाँचमा ३६ जनामा मोतियाबिन्दु समेत फेला परेको माट्रिका आई फाउन्डेशनका मेडिकल कोअर्डीनेटर महेश सिंह धामीले जानकारी दिनुभयो । मोतियाबिन्दु फेला परेका बिरामीहरुको फाउन्डेशनले निःशुल्क शल्यक्रिया गर्ने कोअर्डिनेटर धामीले बताए । शिविरमा आएका सामान्य आँखाका बिरामीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको पहल संस्थाका दिलिपराज कार्कीले जानकारी दिनुभयो । क्लबका अध्यक्ष समसाद अलीको अध्यक्षतामा आयोजित शिविरमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्लको प्रमुख आतिथ्य, सामाजिक अभियन्ता समाजसेवी अबुलेश अंसारी लगायतको उपस्थिति रहेको थियो । डा. धामिले प्र.नि. मल्लको आँखाको चेकजांच गरी शिविरको शुभारम्भ गरेका थिए ।