अवैध चल्ला सहित तिन पक्राउ

42

मनोज साह
जितपुर बारा, १७ माघ ।
वीरगंजबाट होटौडा गइरहेको अवस्थामा जितपुरको गढिमाई चौकमा चेकजाँचको क्रममा ५ हजार चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका जितपुरमा रहेको सशस्त्र प्रहरी बेसक्याम्पको प्रहरी टोलीले सो चल्ला बरामद गरेका हुन् । गढिमाई चौकमा चेकजाँच गर्दै रहेको अवस्थामा भारतबाट अबैध रुपमा भन्सार छली ब्रोइलर कुखुरको चल्ला आउदैछ भन्ने सुचानको आधारमा सो सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेशक्याम्प जितपुरका प्रहरी प्रमुख निरिक्षक राम बहादुर बस्नेतको टोलीले गढिमाई चौक ना ५ ख ६५०९ नम्बर मिनी ट्रकमा अबैध रुपमा ल्याइएको ब्रोइलर कुखुरको चल्ला ५ हजार र उक्त ट्रकलाई स्कटिङ गर्दै आएको ना ६३ प ५९०० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरी वेशक्याम्पका निरिक्षक राम बहादुर बस्नेतले जनाकारी दिनु भएको थियो । पशु स्वास्थ्य प्रथमिक केन्द्र कार्यालय पथलैया सहायक प्रबिधिक सबिन्द्र कुमार कर्ण, पशु क्वारेन्टाइन कार्यालय पथलैया सहायक संजय कुमार कर्णको रोहवरमा सशस्त्र प्रहरी वेशक्याम्पको परिसरमा सो कुखुरको चल्ला नष्ट गरिएको थियो । मिनी ट्रक, मोटरसाइकल र तिन जना मान्छे भन्सार चलान गरिएको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिनु भएको थियो । नष्ट गरेका छन् ।

https://ankushdaily.com/