अहमदिया संघ नेपालद्वारा दुई दिने जलसा सालानाको तयारी पुरा

23

वीरगंज, १७ माघ ।
प्रेम सबैलाई गरौं, घृणा कसैलाई नगरौं भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले पर्सा जिल्लाको विन्दवासनी गाउँपालिका प्रसौनी भाठ्ठामा ६ औं जालसा सालाना (बार्षिक समारोह) आयोजना गर्न लागेको छ ।
वीरगंज स्थित हरिओम पार्टी प्यालेसमा बिहिबार पत्रकार सम्मेलन गरी प्रमुख अतिथि अहमदीया संघ भारतका अताइलाही अहसन गौरी साहेबले प्रसौनी भाठा स्थित श्री मसरुर पब्लिक आधारभूत विद्यालयमा माघ १८ र १९ गते दुई दिने जालसा सलानाको आयोजना गर्न लागिएको बताए ।
पत्रकार सम्मेलनमा साहेबले जालसा सलानाको सम्र्पूण तयारी पुरा भइसकेको बताए । वहाँले अहमदिया मुस्लिम जआमत एउटा विशुद्ध धार्मिक तथा अध्यात्मिक जआमत रहेको बताए । शुक्रवार अपरान्ह २ बजेबाट सुरु हुने बताउदै उहाँले यो संस्था विश्वका २०० भन्दा बढी देशहरुमा रहेको बताए ।
यस धार्मिक जलसा सालानाको सुरुवात हजरत मिर्जा गुलाम अहमद साहेब कादियानी प्रतिश्रुत मसीह र महदी तथा कल्कि अवतार अलैहिस्सलाम, गुरदासपुर पंजाब भारत निवासीले करिब १२७ वर्षअघि कादियानबाट गर्नु भएको समेत साहेबले बताए ।
जालसा सालानामा झापा, सुनसरी, मोरङ्ग, सप्तरी, सिरहा, बारा, पर्सा, काठमाण्डौं, तनहँु, चितवन, धनगढी लगायत भारतका विभिन्न स्थानहरुवाट सहभागीता हुने अहमदिया संघ नेपालका अध्यक्ष कमरुल होदाले बताए ।
पत्रकार सम्मेलनमा भारतका अताऊर रहमान साहेव, युवा अध्यक्ष समिन अहमद साहेब लगायतको उपस्थिती रहेको थियो ।