कानूनको डण्डा चलाउने मौका नदिनुहोस् ः मन्त्री यादव

5

काठमाडौंँ, १७ माघ (रासस) ः
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गडबड गर्ने र कानून मिच्ने उद्योगीसँग सरकारले कुनै काममा सहकार्य नगर्ने बताउनुभएको छ ।
खानी तथा भूगर्भ विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल सिमेन्ट उद्योग संघको आयोजनामा आज काठमाडौँमा आयोजित अन्तरक्रियामा मन्त्री यादवले भन्नुभयो, ँकानून मिच्नेसँग कुनै काममा सहकार्य हुँदैन, बरु समस्या आपसी छलफलबाट समाधान गरौँ त्यसका लागि म तयार छु ।
उद्योगधन्दाको विकास नगरी देश विकास सम्भव नभएको उल्लेख गर्दै उहाँले कानून मिच्नेलाई स्वयं व्यावसायिक सङ्गठनले नै कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ँसरकारलाई कानूनको डण्डा चलाउने मौका नदिनुहोस्, गलत गर्नेलाई आप्mनै सङ्गठनबाट कारवाही गर्नुहोस् । विगतमा जे भए पनि पछिल्लो समयमा सरकारको ध्यान उद्योगीलाई दुःख दिने नभई उद्योगको विकास गर्ने कुरामा लक्षित रहेको जानकारी दिँदै मन्त्री यादवले उद्योगी सोचको विकास गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल सिमेन्ट उद्योग संघ अध्यक्ष ध्रुवराज थापा, खानी तथा भूगर्भ विभागका इञ्जिनीयर जयराज घिमिरे र नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रस्तुत गर्नुभएको कार्यपत्रमा छलफल भएको थियो । सो क्रममा व्यवसायीले उद्योगमैत्री वातावरणको खाँचो रहेको आँैल्याएका थिए । कार्यक्रममा नेपालमा सिमेन्ट उद्योगको अवस्था र चुनौतीका विषयमा समेत अन्तरक्रिया भएको थियो ।