छोरीलाई शिक्षा दिलाए समाज मात्र नभई राष्ट्र नै समृद्ध हुने ः प्रजिअ भट्टराई

16

संतोष रन्जितकार
वीरगंज, १७ माघ ।
जिल्ला प्रहरी कार्यालय पर्साले बिहिबार वीरगन्ज महानगरपालिकाको वडा नं. २६ सुगौलिविर्तामा कुरिती विरुद्ध अभियानको आयोजना गरेको छ । तराईका जिल्लाहरुमा मुख्य समाजीक समस्याको रुपमा रहेको बालविवाह र दाईजोप्रथा विरुद्ध प्रहरीले अभियानको आयोजना गरेको हो । सो अभियानमा दाइजो लिनु दिनु र बालविवाह गर्नु दण्डनिय अपराध हो भन्ने मुल सन्देश दिइएको थियो ।
समुदाय–प्रहरी सांझेदारी कार्यक्रम अन्तरगत आयोजना गरिएको कार्यक्रमका सहभागि वक्ताहरुले दाइजो कैं कारण सानो उमेरमा हुँने विवाहले महिलाको जिवनलाई जोखिममा पार्नुको साथै समाजलाई थप कमजोर बनाउने र अपराध तर्फ डो¥याउने गरेकाले त्यसबाट जोगिन सबैलाई अनुरोध गरेका थिए । वक्ताहरुले छोरा सहर छोरीलाई शिक्षा दिनुको साथै कानुनले तोकिएको उमेरमा मात्र विवाह गरे छोरीको जिवन खुशहाल र समाज समृद्ध हुने विचार समेत व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले छोरीलाई शिक्षाको अवसर प्रदान गरे समाज मात्र नभई राष्ट्र नै समृद्ध र सु–संस्कृत हुने विश्वास व्यक्त गरे । उनले विद्यालय स्तरसम्म सरकारले शिक्षालाई निःशुल्क गरेको जानकारी दिदै, सानो उमेरमा विवाह गरी छोरीको ज्यान जोखिममा पार्नु भन्दा शिक्षित बनाई छोरीलाई आत्मर्निभर बनाउनु समाज र राष्ट्रको हितमा राम्रो हुने ठोकुवा गर्नु भयो ।
वीरगन्ज महानगरपालिकाको वाड नं.२६ का वडाअध्यक्ष शम्भु मिश्राको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, सामाजिक अभियन्ता प्रकाश थारु लगायतले लैंगिक हिंसा, बालविवाह, लागुऔषध दुव्र्यशन जस्ता विकृतिलाई रोक्न प्रहरीलाई समुदायले सहयोग गर्नु आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
जय हनुमान नाट्य प्रतिष्ठानका कलाकारले कार्यक्रममा सानो उमेरमा विवाह गर्दा र दाइजो कै कारण छोरीले भोग्नु पर्ने पिडाहरुलाई चित्रण गर्दै नाटक समेत प्रस्तुत गरेका थिए भने प्रसिद्ध गायक सुनिल पण्डित लगायतका कलाकारले दाइजो सम्बन्धी गीतहरु गाएका थिए ।