बसको ठक्करबाट मोटरसाईकलमा सवार घाइते

11

चिरञ्जीवी यादव
वीरगंज, १७ माघ ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं.४ देउरवाना चौकमा यात्रुवाहक बसले मोटरसाईकललाई ठक्कर दिएपछि मोटरसाईकलमा सवार २ जना गम्भिर घाईते भएका छन । बिहिबार दिउसो ना ६ ख ४८०० नम्बरको यात्रुवाहक बस वीरगंजबाट ग्रामिण क्षेत्रको सोनवर्षा तर्फ जाने क्रममा देउरवानाबाट महुवन बलुवातर्फ आईरहेको ना १९ प ६८४४ नम्बरको मोटर साईकललाई बसले ठक्कर दिएपछि मोटरसाईकलमा सवार सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ बलुवा निवासी झुका गिरी र सुरेन्द्र गिरी गम्भिर घाईते भएका हुन । घाईतेहरुको वीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिनुभयो । ठक्कर दिने बसका चालक फरार रहेका छन् भने मोटरसाईकल र बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।