विद्युत हुकिंग गर्ने नौ जना पक्राउ

11

चिरञ्जीवी यादव
वीरगंज, १७ माघ ।
नेपाल बिधुत प्राधिकरण पोखरिया बितरण केन्द्र पर्साका प्रमुख सुधिर कुमार राय, इन्जिनियर जगरनाथ झाका टोली,इलाका प्रहरीका पोखरिया र शस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्पको संयुक्त टोलीले विभिन्न स्थानबाट बिधुत हुकिङ्ग गरि चोरी गरिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । साथै फ्रीज,त्ख्, ीभ्म्, तार, मोटर र स्टेपलाइजर सहित पक्राउ पर्नेमा डोकैला बहुवरीका अमिर देवान, बागेश्वरी तित्रौनाका किशोरी सहनी, डोकैला बहुवरीका अवध किसोर गुप्ता, गदियानी टोलका सलामत देवान, नगरदाहा दिलिप कुमार साह, पटेर्वासुगौली बिश्वनाथ दास, रामभौरीका मनिराय थारु, बटसौराका योगी पटेल र इटियाहीका दिनेश कुमार तात्वा रहेका छन । पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको लेखा प्रमुख गोपिचन चौधरीले जानकारी गराएका थिए ।