पार्टी एकताले चाँडै अन्तिम रुप लिन्छ ः प्रधानमन्त्री ओली

4

काठमाडौँ, १८ माघ (रासस) ः
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सही बाटो र नीति लिएको उल्लेख गर्दै पार्टी एकताको प्रक्रियाले चाँडै अन्तिमरुप लिने बताउनुभएको छ ।
नेकपाका सांसदहरुसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीको नीति र विधिभित्र रहेर आप्mना कुरा राख्न सुझाव दिनुभयो । पार्टीको एकता प्रक्रिया टुङ्गोमा नपुग्दा केही अन्योल भएको छ तर अब चाँडै यो प्रक्रियाले अन्तिम रुप लिन्छ, प्रधानमन्त्री ओलीले भन्नुभयो, त्यसपछि पार्टीका नीति निर्देशन, स्थानीय तहमा पुग्छन् । त्यसपछि स्थानीय तहहरुलाई निर्दे्शित गर्न पनि सजिलो हुन्छ ।
तत्कालीन नेकपा (एमाले)ले र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भए पनि तल्ला तहको एकीकरणका लागि कार्यदलले काम गरिरहेको छ ।
प्रधानमन्त्री ओलीले समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने तथा सांसदहरुलाई विभिन्न विषयमा प्रशिक्षित गरिने जानकारी दिनुभयो । उहाँले मन्त्रीहरुलाई सांसदहरुसँग घनिष्ट सम्बन्ध राख्न आग्रह गर्नुभएको छ । कतिपय अवस्थामा मन्त्रीहरु सिधै जनतासँग जोडिन सकेका हुँदैनन्, त्यसका लागि सांसदहरुमार्फत मन्त्रीहरुले जनताका कुरा सुन्ने र आप्mना कुरा जनताा पठाउने हो, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
लगानी मैत्री वातावरण बनाउन सरकार तयार
यसैगरी प्रधानमन्त्री ओलीले लगानी मैत्री वातावरण बनाउन सरकार तयार रहेको बताउनुभएको छ ।
कूटनीतिक नियोगका प्रतिनिधिलाई परराष्ट्र मन्त्रालयको आयोजनामा आज दिइएको बिफ्रिड्ढा क्रममा प्रधानमन्त्री ओलीले लगानीमैत्री वातावरणका लागि कानूनमा सुधार गर्ने काम भइरहेको बताउनुभएको हो । लगानी मैत्री वातावरणका लागि कानून सुधारका काम भइरहेका छन्, उहाँले भन्नुभयो, खासगरी लगानी मैत्री वातावरण, लगानीको सुरक्षामा हामी गम्भीर छौँ ।
विदेश मामिला नेपालको हितका लागि भएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, हामी राष्ट्रिय हितलाई पनि ख्याल गर्छौं र मित्र राष्ट्रहरुको संवेदनशीलतालाई पनि ख्याल गर्छौं ।