फरार अभियुक्त पक्राउ

43

संतोष रन्जितकार
वीरगंज, १८ माघ ।
ईलाका प्रहरी कार्यालय सिमरा, बाराबाट खटिएको प्रहरी टोलीले शुक्रबार बहुविवाह मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
सम्मानित बारा जिल्ला अदालत कलैयाको मिति २०५२।१२।१९ गतेको फैसाला अनुसार बहुविवाह मुद्दामा २ महिना कैद र रु.२ हजार जरिवानाका लागी फरार रहेका जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं.३ बस्ने लिलानाथ तिम्लिसिनाको छोरा वर्ष ५२ को तुलसी प्रसाद तिम्लिसिनालाई शुक्रबार ईलाका प्रहरी कार्यालय सिमरा,बाराबाट खटिएको प्रहरी टोलीले लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।
पक्राउ परेका तिम्लिसिनालाई सम्मानित बारा जिल्ला अदालतमा प्रस्तुत गरि अदालतको आदेश अनुसार निज तिम्लिसिनालाई कैद भुक्तानको लागी वीरगंज कारागार कार्यालय पर्सामा पठाईएको प्रहरीले जनाएको छ ।

https://ankushdaily.com/