बेगमको विवादास्पद अभिव्यक्ति

18

काठमाडौं, १८ माघ ।
सत्तारूढ संघीय समाजवादी फोरमकी प्रदेश सभासद करिमा बेगमले छोरीहरू २० वर्षसम्म बिग्रने भएकाले १६ वर्षमै विवाह गरिसक्नु पर्ने बताएकी छन् ।
प्रदेश सभा बैठकमा बोल्दै संघीय सरकारकी पूर्वमन्त्रीसमेत रहेकी प्रदेश नं. २ की प्रदेश सभासद बेगमले २० वर्ष पुगेपछि मात्रै छोरीको विवाह गर्नुपर्ने कानून ल्याएर गल्ती भएको बताएकी छन् । उनले छोरीहरूको बिहेको लागि २० वर्षसम्म प्रतिक्षा ग¥यौ भने बिग्रने डर हुन्छ, त्यसैले १६ वर्षभित्रै बिहे गर्ने कानुन बनाउँ त्यही उपयुक्त हुनेछ ।
छोरीको बिहे २० वर्षपछि गर्ने भएको कारणले छोरी आफ्नो मनपर्ने केटासंग भागेर विवाह गर्नेको संख्यामा वृद्धि भएको उनको तर्क रहेको थियो ।
प्रदेश सरकारले नै छोरीहरूको सामूहिक विवाहको आयोजना गर्नुपर्ने बेगमको सुझाव छ । ‘यसबाट गरिब आमाबुवाले आप्mनो छोराछोरीको बिहे कम खर्च मै गर्न सक्छन्’ उनले भनिन् ।