हरिनारायणको पद फुकुवा गर्न फोरमको मांग

9

काठमाडौं, १८ माघ ।
संघीय समाजवादी फोरम नेपालको संसदीय दलको बैठकले निलम्बित सांसद हरिनारायण रौनियारको पदको सन्दर्भमा सशक्त आवाज उठाउने भएको छ ।
संविधान र संसदीय नियमावली विपरित सांसद हरिनारायण रौनियारलाई निलम्बन गरिएकोमा विरोध जनाउँदै फुकुवाको लागि सभामुख र सरकारलाई पत्र लेख्ने काम हुने पर्सा क्ष्Fेत्र नं. १ का माननीय प्रदीप यादवले बताउनु भयो । वाइडबडी मुद्दामा व्यापक भ्रष्टाचार भएको भन्दै सो सन्दर्भमा दोषीहरुमाथि कडा कारवाहीको लागि मांग गर्र्दै आएका सांसद प्रदिप यादवको भूमिकामाथि संसदीय दलमा व्यापक छलफल भई यादवको अडानबारे सबै सांसदहरुले संसदीय दलमा सराहना गरेका थिए ।
संघीय सरकारले प्रहरी प्रशासन ऐन ल्याएर प्रजिअलाई बलियो र मुख्यमन्त्रीलाई कमजोर बनाई संघीय संरचनालाई नै कमजोर बनाउन लागि परेकोमा त्यसको विरोध गर्न संसदीय दलले निर्णय गरेको माननीय यादवले बताए ।