नेविसंघद्वारा सरकारी गाडी चल्नमा अवरोध

8

संतोष रन्जितकार
वीरगंज, १९ माघ ।
नेपाल विद्यार्थी संघद्वारा शनिबार वीरगंजमा सरकारी गाडी चलाउनमा अवरोध गरेको छ । नेवि संघको केन्द्रिय विरोधको कार्यक्रम अन्तर्गत शनिबार वीरगंजमा सरकारी गाडी चल्नमा अवरोध गरिएको नेवि संघका केन्द्रिय सदस्य बद्री नारायण तिवारीले बताए । के.पी. ओली नेतृत्वको सरकार अधिनायकवाद, तानाशाही, ज्यादती तर्फ अग्रसर भएकोले विरोधको कार्यक्रम अन्तर्गत सरकारी गाडी चल्नमा अवरोध गरिएको तिवारीले बताए । तिवारीका अनुसार वीरगंजमा सरकारी गाडी नचलेको र ठाकुर राम बहुमुखी क्याम्पसमा ४ वटा गाडी मात्र सरकारी नम्बर प्लेटको फेला परेकोले नियन्त्रण लिन खोज्दा सशस्त्र प्रहरी आफनो नियन्त्रणमा लिई लगेको थियो ।
केन्द्रिय सदस्य तिवारीको नेतृत्वमा भएको सरकारी गाडी अवरोधको कार्यक्रममा विद्यार्थी नेता देव पटेल, अनिल पटेल, त्रिलोकी साह, मुनराज तिवारी, अब्दुल कयुम, रन्जन चौरसिया लगायतको सहभागिता रहेको थियो ।