प्याब्सन वीरगंजको आयोजनामा फुटबल तथा ब्याडमिन्टन प्रतियोगिता शुरु

33

संतोष रन्जितकार
वीरगंज, १९ माघ ।
निजी तथा आवासिय विद्यालयहरुको छाता संगठन प्याब्सन वीरगंजको आयोजनामा शनिबारदेखि वीरगंजमा फुटबल र ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । नारायणी रंगशालामा भएको नाइन साइड फुटबल प्रतियोगितामा शनिबार ३ खेल सम्पन्न भएको थियो । प्रतियोगिताको पहिलो खेलमा विकन मावी लाई ० का विरुद्ध १ गोल गर्दै मनकामना मावि विजयी भएको छ भने दोस्रो खेलमा ओम इन्टरनेशनल एकेडेमीलाई ० का विरुद्ध ३ गोल गर्दै गौतम स्कुल बिजयी भएको थियो । आजको अन्तिम खेलमा मेरिगोल्ड स्कुललाई ० का विरुद्ध ३ गोल गर्दै वीरगंज पब्लिक स्कुल विजयी भएको थियो । यस्तै जिल्ला खेलकुद विकास समितीको कवर्डहलमा शुरु भएको छात्राहरुको ब्याडमिन्टन प्रतियोगिता अन्र्तगत शनिबार भएको खेलमा मनकामना, डिपिएस, अल्पाइन स्कुल, गोल्डेन प्mयुचर, लिटिल एंजलस्, मैसकट र न्युवेभ स्कुल विजयी भएका छन् । बुद्ध फाउण्डेशनको अध्यक्ष तथा प्याब्सन पर्साका सभापति समेत रहेका डा. हरिशंकर प्रसाद साहले राम्रो खेल्ने १ जना खेलाडीलाई प्रोत्साहनको लागि १० पास गरेपछि ११ र १२ को लागि निःशुल्क छात्रवृत्ति प्रदान गरिने घोषणा गर्नु भएको थियो ।
प्याब्सन वीरगंजका अध्यक्ष आलोक चौरसियाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्याब्सन पर्साका सभापति डा हरिशंकर साह, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसि लामिछाने, प्याब्सनका मणी पाख्रिन, सरोज चौधरी, कार्यक्रमका संयोजक श्याम केसी, मार्टिन मोक्तान लगायतको उपस्थिती रहेको थियो । प्रतियोगिता अन्तर्गत फु्टबल तर्फ १५ र ब्याडमिन्टन तर्फ २१ वटा विद्यालयहरुको सहभागिता रहेको छ ।

https://ankushdaily.com/