रेडक्रस पर्साको ५१ औं जिल्ला अधिवेशन सम्पन्न

16

संतोष रन्जितकार
वीरगंज, १९ माघ ।
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको ५१ औ जिल्ला अधिवेशन शिवपार्वती अतिथी सदनमा सम्पन्न भएको छ । पर्सा रेडक्रसका का.बा. सभापति श्रीमती मधु राणाको सभापतित्वमा तथा रेडक्रस आदर्शनगर उपशाखाको आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो भने सो अधिवेशनको प्रमुख अतिथी रेडक्रस प्रदेश २ का संयोजक फुलमहम्मद मियाँ रहनु भएका थिए । उक्त अधिवेशनमा आ.ब. २०७५/०७६ को प्रगती प्रतिबेदन मन्त्री बिरेन्द्रराज कंडेलले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष महन्थ प्रसाद यादवले प्रस्तुत गर्नु भएको थियो ।
उक्त अधिवेशनमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, उधोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, सल्लाहकार एवं पुर्व सभापति रामनारायण कुर्मिले लगायतले आ–आप्mनो मन्तब्य व्यक्त भएको थियो । आ.ब.२०७४/०७५ मा उत्कृष्ट कार्य एवं सेवा गर्ने कर्मचारी, स्वयंसेवक, वडाअध्यक्ष, तथा प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।