विकासमा पछाडी रहेको ठोरीको लागि छिट्टै ठोस योजना ल्याउने ः मुख्यमन्त्री राउत

7

संतोष रन्जितकार
वीरगंज, १९ माघ ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आ–आप्mनो धर्म संस्कृति, रितिरिवाज जोगाउन सबै वर्ग समुदाय अहिले जागरुक भएको बताउनु भएको छ ।
मुख्यमन्त्री राउतले सो कार्यक्रमको उद्घाटन गर्दै उनले तामाङ भाषामा ‘ल्हासो, प्mयाफुल्ला’ भन्दै आप्mनो मन्तव्य सुरु गरेका उनले तामाङ लगायत अन्य भाषा संस्कृति भनेको नेपालको विशेष पहिचान भएकोले यसलाई जगेर्ना गर्न आफू सदैव तत्पर रहेको बताए ।
२८५५ सोनाम ल्होसार पर्वको अवसरमा पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ सुवर्णपुर आठघरेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ मा पहिचानको लागि भएको आन्दोलनले सबै वर्ग समुदायको अधिकार स्थापित गराएर छाड्ने उहाँले दावी गर्नु भयो ।
उहाँले सो कार्यक्रममा आगामी बर्ष देखि प्रदेश सरकारले सोनाम ल्होसार पर्वको अवसरमा प्रदेश नं. २ मा सार्वजनिक विदा दिने घोषणा समेत गर्नु भएको थियो । पर्सा जिल्लाको ठोरी गाउँपालिका अत्यन्त विकट रहेको र विकासको मामिलामा समेत पछाडी परेको हुँदा प्रदेश सरकारले ठोरीको विकासका लागि छिटै ठोस योजना ल्याउने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले मुख्यमन्त्री ठोरी आउनु सुखद कुरा भएको र प्रदेश नम्बर २ का मुख्यमन्त्री लगायत सम्र्पुण जन प्रतिनिधिहरुले ठोरीको विकास तथा २ नम्बर प्रदेशको विकासमा लाग्नुपर्ने धारण ब्यक्त गरेका थिए ।
सोनाम ल्होसार मुल समिति ठोरीका संयोजक तेहोरिन पाख्रिनको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य सिंहासन साह कलवार, जन्नत अन्सारी, संघिय समाजवादी फोरम नेपाल पर्साका उपाध्यक्ष सुन्दर कुर्मी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया, ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठ, नेकपाका नेता लालबहादुर श्रेष्ठ, नेपाली कांग्रेसका रामबहादुर श्रेष्ठ, लगायतका नेताहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठको नेतृत्वमा मुख्यमन्त्री लालबाबु राउतलाई ठोरीको नदि नियन्त्रण, बाटो घाटो निर्माण, सिंचाई तथा खानेपानीको व्यवस्था मिलाउन ज्ञापन–पत्र समेत बुझाइएको थियो ।