छाता संगठन प्याब्सनद्वारा खेल जारी

14

संतोष रन्जितकार
वीरगंज, २० माघ ।
निजी तथा आवासिय विद्यालयहरुको छाता संगठन प्याव्सन वीरगंजद्वारा आयोजित नाइन साइड फुटवल प्रतियोगिता अन्तर्गत आइतबार ३ खेल सम्पन्न भएको छ । आइतबार भएको पहिलो खेलमा कन्चनजंगा मावीलाई ० का विरुद्ध २ गोल गर्दै मिनिल्याण्ड मावि विजयी भएको थियो भने दोस्रो खेलमा मैस्कट एकेडेमीलाई ० का विरुद्ध १ गोल गर्दै मुनलाईट मावि विजयी भएको थियो त्यसैगरी अन्तिम खेलमा डिएभी स्कुललाई ० का विरुद्ध २ गोल गर्दै न्युवेभ स्कुल विजयी भएको थियो । यसैबीच जिल्ला खेलकुद विकास समितीको कबर्डहलमा जारी आइतबार भएको छात्राहरुको ब्याडमिन्टन प्रतियोगिता अन्र्तगतको खेलमा सिङगल तर्फ १५ वटा म्याच भएका छन् भने सेमिफाइनलमा एम ई यस, मुनलाईट, मैसकोट र न्युवेभ मावि पुग्न सफल भएको छ । त्यसै गरि डबल्स तर्फ ९ वटा खेल सम्पन्न भएको छ र सेमिफाइनलमा मैसकोट, डिपिएस, अल्पाइन र सेन्ट जेभियर्स पुग्न सफल भएका छन् । सोमबार ब्याडमिन्टन तर्फ फाईनल खेल हुुनेछ ।