ट्राफिकद्वारा सवारीको छड्के चेकजाँच

11

संतोष रन्जितकार
वीरगंज, २० माघ ।
व्यवस्थित वीरगंज हाम्रो अभियानलाई निरन्तरता दिंदै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मान बहादुर राईको नेतृत्व टोलीले सवारीको छड्के चेकजाँच गरेको छ ।
सो टोलीले सवारी छड्के अन्तर्गत जथाभावी पार्किङ्ग गरिएको मोटरसाइकल, कारमा व्हीलब्रेकमा सिकडी आदि लगाइ कारवाही प्रक्रिया अगाडी बढाएको हो । पर्सा ट्राफिकले कारवाहीमा परेका सवारी धनीहरुसंग जरिवाना वापत १५ हजार रुपैया असुल गरिएको नायब उपरिक्षक राईले जानकारी गराएका थिए ।
साथै होटेल मकालु होटेल पुजन बाहिर सडकको पेटी मिची फुल गमला राखिएकोमा सो सडकको पेटीमा राखिएको फुलको गमलाहरु प्रहरीले हटाएको थियो । सो कार्यक्रममा पर्सा ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सिंह, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निशान थापा, ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीका अध्यक्ष प्रकाश खेतान, दिलिपराज कार्की र संचारकर्मी लगायतको सहभागीता रहेको थियोे ।