दाङमा अवैध हतियार बनाउने कारखाना फेला

9

दाङ, २० माघ ।
दाङमा अबैध हतियार बनाउने कारखाना फेला परेको छ । नेपाल भारत सीमामा पर्ने राजपुर गाउँपालिका वडा नम्वर ७ स्थित भौवा नाकामा हतियार कारखाना भएको सूचना पाएपछि गएराति प्रहरीले त्यहाँ छापा मारेको थियो । प्रहरीले सो अबैध हतियार कारखानाबाट भरुवा बन्दुक ६ थान, एयरगण ३ थान, बारबोर राइफल १ थान, कटुवा पेस्तोल १ थान र १ थान रिभल्बर बरामद गरेको दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
उनका अनुसार उक्त हतियार कारखानाबाट हतियार बनाउन प्रयोग हुने अन्य सामग्री पनि बरामद गरेको छ । अबैध कारखानामा बनाइएका हतियार भारत निकासी हुने गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले सो अबैध हतियार कारखानाका संचालक ५९ वर्षीय जीतबहादुर बुढा र रुद्रमणी घर्तीलाई पक्राउ गरी हातहतियार खरखजना मुद्दा चलाएको छ ।