बाणिज्य कार्यालय वीरगंजद्वारा अनुगमन

7

संतोष रन्जितकार
वीरगंज, २० माघ ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजद्वारा आईतबार वीरगंज बजार अनुगमन गरेको छ । बाणिज्य कार्यालय वीरगंजका नायब सुब्बा एवम् सूचना अधिकारी दिलिप खग, वीरगंज उद्योग बाणिज्य संघका मनोज दास, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक शिव शंकर साह, उपभोक्ता हित संरक्षण मञ्च पर्साका सदस्य अजित भुजेल, पुर्ण बहादुर बुढाथोकीको संयुक्त टोलीले वीरगंजको लिंक रोडमा रहेको विभिन्न ईलेक्ट्रिक पसलहरुमा अनुगमन गरिएको थियो । सो अनुगमनको क्रममा व्यवसाय प्रमाणपत्र पसलमा नरहेको, रेट लिस्ट नराखेको र खरिद र बिक्री बिल नदेखाएकोले उनिहरुलाई ३ दिन भित्र कार्यालयमा सम्पर्क राख्न भनिएको वाणिज्य संघका मनोज दासले जानकारी दिए ।