संतोेष रन्जितकार
वीरगंज, २१ माघ ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजले रानीघाटमा रहेको विभिन्न पसलहरुमा अनुगमन गरेको छ ।
कार्यालयका नायब सुब्बा एवम् सुचना अधिकारी दिलिप खग, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक शिवशंकर साह, उपभोक्ता हित संरक्षण मञ्च पर्साका हरेराम ठाकुर, वीरगंज उद्योग बाणिज्य संघका मनोज कुमार दास, सन्चारकर्मि अजित कुमार भुजेल, चुर्ण बुढाथोकी लगायतका संयुक्त टोलिले रानिघाट एरियामा रहेको विभिन्न चामलको पसल, किराना पसल, भुजा पसलहरुमा अनुगमन गरेको हो ।
अनुगमनमा धेरै जसो पसलहरुको व्यवसाय प्रमाणपत्र नरहेको, खरिद बिल र बिक्री बिल नराखेको, मुल्य सुची नराखेको, चामलहरुको उत्पादन मिति र एक्सपाएर मिति नभएको भेटिएकोले त्यस्ता व्यापारीहरुलाई उपभोक्ता ऐन अन्तरगत कारवाही हुने सूचना अधिकारी दिलिप खगले जानकारी दिनु भयो ।
अनुगमन गरेको पसलहरु राजलक्ष्मी ट्रेडर्स (सुजित गुप्ता), राहुल किराना पसल (प्रेम शंकर प्रसाद), सुनिल कुमार शरार्फको चामल पसलको नाम समेत उल्लेख नभएको पाईएको थियो ।
त्यसै गरि मोति खाधान्न गल्ला भणडार (मोतिलाल साह), न्यु बिन्दवासिनी ईन्टरप्राईजेज रानिघाट (राज नारायण प्रसाद कलवार), बम बम राईस मिल रानिघाट (पुनम देबि कलवार) को पसलमा साईन बोर्ड नभएको, रेट लिस्ट नभएको, पान बिल जारी नगरेको, नगदी रसिद सादा काटिएकोले प्रमाण सहित बिक्री बिल र खरिद बिल सहित ३ दिन भित्र कार्यालय उपस्थित हुनको लागि पत्र काटिएको थियो ।
त्यसैगरी सोमबार बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंजले बजार अनुगमन गर्ने क्रममा मेनरोड, नेशनल ट्रेडिङ अगाडिको अंकित आयुस ट्रेडर्समा अनुगमन गर्दा पसलमा विभिन्न किसिमका मदिरा र पेय पदार्थ कोक, फेन्टा र स्प्राईट म्याद नाघेको भेटिएकोले त्यस्ता सामानहरु जफत गरि संयुक्त टोलिहरुको रोहबरमा नस्ट गरिएको बाणिज्य कार्यालय वीरगंजका सूचना अधिकारी दिलिप खगले जानकारी दिनु भयो ।