सिंगल तर्फ न्युवेभ तथा डबल तर्फ अल्पाइन बिजयी

28

संतोष रन्जितकार
वीरगंज, २१ माघ ।
निजी तथा आवासिय विद्यालयहरुको छाता संगठन प्याव्सन वीरगंजद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगितामा सिङ्गल तर्फको उपाधी न्यु वेभ माविले जितेको छ भने डब्बल तर्फको उपाधी अल्पाईन माविले जितेको छ । जिल्ला खेलकुद विकास समितीको कबर्डहलमा सम्पन्न छात्राहरुको व्याडमिन्टन प्रतियोगिता अन्र्तगत सोमबार भएको फाइनल खेलमा सिङगल तर्फ न्यु वेभ मावि कि आस्था गुप्ता प्रथम र मुनलाईट मावि को अंशिका बस्नेत दोस्रो भइन् भने डबल्स तर्फ अल्पाइन माविका अंजलि वर्णवाल र सुस्मिता क्षेत्री प्रथम र डिपिएस स्कुलका खुशी शर्मा र चित्र हरितवाल दोस्रो भएका छन् । उत्कृष्ट खेलाडि न्यु वेभ कि आस्था गुप्ता, बेष्ट डिसिपिलिन् सेन्ट जेभियर्स स्कुल र उत्कृष्ट टिम न्यु वेभ मावि घोषित भएका छन् । ईसिसि, सिजिआई वीरगंजका डा. कोट्रा स्वामी एमले विजेता उपविजेतालाई पुरस्कार तथा शिल्ड प्रदान गर्नु भएको थियो । प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा अभिभावक संघ, पर्साका अध्यक्ष अमर गौतम, प्याब्सन प्रदेश नं २ का सदस्य मणि पाख्रिन, नेपाल पत्रकार महा संघ पर्सा का अध्यक्ष श्याम बन्जरा, वीरगंज महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष जगत साह कानु लगायतको उपस्थिति रहेको थियो ।
यसैविच प्याब्सनद्वारा नारायणी रंगशालामा जारी फुटवल प्रतियोगितमा शुन्यका विरुद्ध ७ गोलले माउन्ट एडमण्ड माविलाई डिपिएसले पराजित गरेको छ । त्यसैगरी सोमबार कै दोश्रो खेलमा मनकामनाले मिनि ल्याण्डलाई शुन्यका विरुद्ध ५ गोलले पराजित गरेको छ भने तेश्रो खेलमा मुनलाईट माविले गौतम माविलाई शुन्यका विरुद्ध ५ गोलले पराजित गरेको प्रतियोगिताका संयोजक श्याम केसीले जनाएका छन् ।