चर्मरोग सम्बन्धी निःशुल्क शिविर

51

चिरञ्जीवी यादव
वीरगंज, २२ माघ ।
पर्साको पटेर्वा सुगौली स्वास्थ्य शाखाको आयोजनामा पटेर्वासुगौली गापा वार्ड नम्बर ५ निचुटा स्वास्थ्य चौकीमा चर्म रोग समबन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । शिविरमा ३०० बिरामीहरुको चेकजाँच गरिएको थियो भने जसमध्ये २५० जनामा छालाको रोग फेला परेको थियो भने रोगीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको थियो । सो शिविरमा चर्मरोगका डा आर.पी. जैसवालले बिरामीहरुलाई चेकजाँच गर्नु भएका थिए । कार्यक्रममा गापा सहसंयोजक जगन्नाथ साह, वडा नागरिक मंच, स्वास्थ कर्मी लगायतको उफस्थित रहेको थियो । कार्यक्रममा वत्ताहरुले यस्तो शिविर ग्रामिण क्षेत्रमा समय–समयमा हुनुपर्नेमा जोड दिएका थिए । आपा·लाई औषधि लगायत विभिन्न सामग्रीहरु प्रदान गरिएको पटेर्वासुगौलीका प्रमुख प्रशासकिय अधिकृत सरोज कुमार चौधरीले बताए ।

https://ankushdaily.com/