निःशुल्क आँखा शिविर सम्पन्न

17

संतोष रन्जितकार
वीरगंज, २२ माघ ।
बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ३ नौतनमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । वडा समितिको अयोजना र किरण आँखा अस्पताल वीरगंजको सहयोगमा आयोजित शिविरमा २७५ जनाको आँखाको परीक्षण गरिएको थियो भने आँखाको चेकजाँचको क्रममा ७५ जनामा मोतियाबिन्दु समेत फेलापरेको अस्पतालका डाक्टर बन्दना क्यालले बताए ।
प्रसौनी गाउँपालिका वडा नं. ३ नौतनमा रहेको श्री रामजानकी ने.रा.नि.मा.बि. को प्रा·णमा भएको शिविरमा निःशुल्क औषधी तथा चश्मा बितरण गरिएको थियो । मोतियाबिन्दु झएको व्यक्तिहरुको निःशुल्क शल्यत्रिया गर्ने वडा अध्यक्ष बैजनाथ गूप्ताले जानकारी दिए ।
शिविरमा अस्पतालको डाक्टर आमर क्याल, बन्दना क्याल लागायतका चिकित्सकहरुको टोलीले चेकजाँच गरेका थिए । वडा अध्यक्ष बैजनाथ गूप्ताका अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य दिपन साह, वडा सदस्य इन्द्रदेव गुप्ता, वडा सचिव राजवंशी यादव लागायतको सहभागीता रहेको स्थानीय अकबर हवारी बताए ।