बालविवाह तथा दाइजोप्रथा बिषयक वक्तृत्वकला

50

संतोष रन्जितकार
वीरगंज, २२ माघ ।
पर्साको सियरही सथवलमा बालविवाह तथा दाइजोप्रथा बिषयक वक्तृृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा श्री ने.रा.मा वि.सियरही सथवलका नारायण पहाडी प्रथम, श्री ने.रा.मा.वि. देउरवानाका अति उल्लाह अंसारी द्वितिय, श्री ने.रा.मा.वि. महुवनका अनुराग साह तेली तृतिय भएका थिए भने श्री दिपनारायण आदर्श उच्च मा.वि. औंराहा पाचगावाकी इतु कुमारीलाई सन्तावना पुरस्कार दिइएको थियो । सखुवाप्रसौनी गाउँपालिकाको सहयोगमा र ब्रिलिएन्ट युवा क्लबको आयोजनामा संचालित बालविवाह तथा दाइजोप्रथा सम्बन्धी विद्यालय स्तरिय कार्यक्रम अन्तर्गत वक्तृत्वकला प्रतियोगिता गरिएको थियो । सखुवाप्रसौनी गाउँपालिकाको वडा नं. १ का वडा अध्यक्ष विश्वनाथ पटवारीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले गरेका थिए । गाउँपालिका अध्यक्ष जयसवालले गाउँपालिकालाई बालविवाह तथा दाइजोप्रथा मुक्त बनाइने बताएका थिए । बालविवाह तथा दाइजोप्रथाका कारण हामी पछाडी परेको बताउदै जयसवालले यसलाई रोक्नु पर्नेमा जोड दिए । सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. १ स्थित रहेको श्री ने.रा.मा.वि. सियरहरी सथवलमा भएको प्रतियोगितमा आयोजक संस्थाका अध्यक्ष समेत रहेका गैसस महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साह, ने.रा.मा.वि. सियरही सथवलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रीतनारायण प्रसाद चौरसिया, सदस्य महेश ओझैया, प्रअ भगत प्रसाद थारु, ने.रा.मा.वि. देउरवानाका प्रअ दिनानाथ साह, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सदस्य रामदयाल प्रसाद यादव लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताको सहजिकरण आयोजक संस्थाका कार्यक्रम संयोजक शम्भु कुमार सुमनले गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा औराहा पाचगावा माविका शिक्षक प्रतिनिधि झलक आचार्य, देउरवाना माविका शिक्षक प्रतिनिधि उमाकान्त माझी, महुवन माविका शिक्षक प्रतिनिधि गनपत पंडित, सियरही सथवल माविका शिक्षक प्रतिनिधि रामजी प्रसाद साह र आयोजक संस्थाको तर्फबाट संचारकर्मी प्रणय साह रहेका थिए । प्रतियोगिताका बिजेताहरुलाई ट्रफी, पुरस्कार सामग्री सहित प्रमाण पक्रले कार्यत्रमका अध्यक्ष, प्रमुख अतिथी र अतिथीहरुले पुरस्कृत गरेका थिए ।