मनकामना र मुनलाईट मावि बिजयी

1

संतोष रन्जितकार
वीरगंज, २३ माघ ।
निजी तथा आवासिय विद्यालयहरुको छाता संगठन प्याब्सन वीरगंजद्वारा नारायणी रंगशालामा जारी फुटवल प्रतियोगित अन्तर्गत बुधबार भएको सेमीफाइनल म्याचमा मनकामना मा वी र मुनलाइट मा वी विजयी भएका छन ।
खेलको पहिलो सेमीफाइनल म्याचमा मनकामना मा वि र दिल्ली पब्लिक स्कूलबिच १—१ गोलको बराबरी भएपछि खेल ट्राइबे्रकरमा परिणत भएको थियो ।
जसमा एकका विरुद्ध ३ गोल गर्दै मनकामना मा वीले फाइनलको यात्रा तय गरेको हो । यता दोस्रो सेमिफाइनल म्याचमा शुन्यको विरुद्ध ७ गोल गर्दै मुनलाइट मा वीले न्यूवेभ एकेडमीलाई पराजित गरेको छ । माघ १९ गते बाट जारी प्रतियोगिताको फाइनल म्याच बिहिबार हुने प्रतियोगिताको संयोजक श्याम केसीले जानकारी दिनुभएको थियो ।