महिलाहरु आत्मनिर्भर बन्नको लागि सिलाईकटाई ः नगरप्रमुख साह

16

संतोष रन्जितकार
वीरगंज, २३ माघ ।
पर्साको बहुदरामाई नगरपालिकाको वडा नं. ३ नगरदाहामा बुधबार देखी एक महिने सिलाई कटाई तालिम सुरु भएको छ । वडा कार्यालयको आयोजनामा सुरु भएको तालिमको एक कार्यक्रमका बीच नगर प्रमुख नितेन्द्र साहले उद्घाटन गरेका थिए । तालिमको उद्घाटन गर्दै नगर प्रमुख साहले सिलाई कटाई तालिमबाट महिलाहरु आत्मनिर्भर बन्न सहयोग पुग्ने भएकोले सो तालिमको आयोजना गरिएको बताए । तालिमबाट सिखेका सिपलाई महिलाहरुले घरमा सिमित नराखी व्यवसायको रुपमा लग्नु पर्नेमा नगर प्रमुख साहले जोड दिएका थिए ।
वडा अध्यक्ष दिनेश प्रसाद यादवको अध्यक्षता भएको उद्घाटन समाहरोहमा वडा नं. २ का वडा अध्यक्ष जितेन्द्र पटेल, वडा सचिव प्रमोद यादव, श्री महाबिर साह माविका प्रअ सुरेन्द्र साह, वडा सदस्यहरु पनालाल साह, कृष्ण ठाकुर, बविता देवी, सम्सा खातुन लगायतको सहभागिता रहेको थियो ।