सशस्त्रद्वारा लाखौंको अवैध कपडा बरामद

62

संतोष रन्जितकार
वीरगंज, २३ माघ ।
सशस्त्र प्रहरी नायब उपरिक्षक तिलक बहादुर खडकाको कमान्डमा खटेको मोबाइल टोलीले बुधबार अवैध कपडा बरामद गरेको छ ।
बिहान करिब ९ बजेको समयमा जिल्ला पर्सा महानपालिका वडा नं. १६ भगुवा ईलाकामा सशस्त्र प्रहरी बल नेपाल गुल्म हे.क्वा.,पर्सा –१४ का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक बहादुर खडकाको कमान्डमा खटिएको मोबाईल डिउटी टोलिले भारतको रक्सौलबाट अबैध रुपमा भन्सार छलि पैठारी गरि नेपाल तर्फ ल्याउदै गरेको सो अवैध कपडा बरामद गरेको हो ।
सो बरामद गरिएको १ लाख ५० हजार मुल्य बराबरको लत्ताकपडा, मोटरपार्स र ग्यासको सामान रहेको थियो भने सो अवेध सामान ल्याउने मानिस प्रहरीलाई देख्ने बित्तिकै भाग्न सफल भएको थियो । बरामद गरिएको सामानहरु वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको खडकाले जानकारी दिनुभयो ।