हजारीमल धर्मशालाको ठाउँमा पार्किङ्ग –मेयर सरावगी

9

वीरगंज, २३ माघ ।
जर्जर भइसकेको हजारीमलको धर्मशालालाई भत्काएर वीरगंज महानगरपालिकाले पार्किङ्ग स्थल बनाउन थालेको छ ।
वीरगंजको ‘प्राइम लोकेशन’ आदर्शनगरमा स्थित सो हजारीमलको धर्मशालामाथि केही भुमाफियाहरुले आँखा लगाएका थिए । उनीहरुको षडयन्त्रलाई चिर्दै आदर्शनगरमा बढ्दै गएको अत्याधिक सवारी साधनहरुको चापलाई नियन्त्रण गर्न वीरगंज महानगरपालिकाको मेयर बिजयकुमार सरावगीको पहलमा हजारीमल धर्मशालाका ट्रष्टीहरुको सहयोगमा सो जग्गा खाली गराई अब पार्किङ्ग स्थल बनाइने भएको छ ।