छोरीलाई शिक्षा दिलाए समाज र राष्ट्र समृद्ध हुने ः एसपी ढकाल

27

संतोष रन्जितकार
वीरगंज, २४ माघ ।
जिल्ला प्रहरी कार्यालय पर्साले बिहिबार पोखरिया नगरपालिका वडा नं. ४ मा रहेको शिव मंदिरको परिसरमा कुरिती विरुद्ध अभियानको आयोजना गरेको छ । तराईका जिल्लाहरुमा मुख्य समाजीक समस्याको रुपमा रहेको बालविवाह र दाईजोप्रथा विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सा र पोखरीया नगरपालिकाले संयुक्त रुपमा सो अभियानको आयोजना गरेको हो । सो अभियानमा दाइजो लिनु दिनु र बालविवाह गर्नु दण्डनिय अपराध हो भन्ने मुल सन्देश दिइएको थियो ।
समुदाय–प्रहरी सांझेदारी कार्यक्रम अन्तरगत आयोजना गरिएको कार्यक्रमका सहभागि वक्ताहरुले दाइजो कैं कारण सानो उमेरमा हुँने विवाहले महिलाको जिवनलाई जोखिममा पार्नुको साथै समाजलाई थप कमजोर बनाउने र अपराध तर्फ डो¥याउने गरेकाले त्यसबाट जोगिन सबैलाई अनुरोध गरेका थिए । वक्ताहरुले छोरा सहर छोरीलाई शिक्षा दिनुको साथै कानुनले तोकिएको उमेरमा मात्र विवाह गरे छोरीको जिवन खुशहाल र समाज समृद्ध हुने विचार समेत व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले छोरीलाई शिक्षाको अवसर प्रदान गरे समाज मात्र नभई राष्ट्र नै समृद्ध र सु–संस्कृत हुने बताए । उनले सानो उमेरमा विवाह गरी छोरीको ज्यान जोखिममा पार्नु भन्दा शिक्षित बनाई छोरीलाई आत्मनिर्भर बनाउनु समाज र राष्ट्रको हितमा राम्रो हुने दावी गर्दै उहाँले प्रहरीमा पनि शुद्धिकरण हुनुपर्छ भन्ने उपरिक्षक ढकालको भनाई रहेको थियो । कुनै पनि ठाउँमा त्यस्तो कुरिती विरुद्धको कार्य, तस्करी तथा लागुऔषध बारे भइरहेको घटनाको बारेमा स्थानीय प्रहरीद्वारा केही सुनुवाई नगरेको खण्डमा आफुसंग सिधै कुरा गरेर त्यो घटनाबारे जानकारी गराउन उनले आफ्नो मोबाइल नम्बर समेत दिएका थिए ।
जय हनुमान नाट्य प्रतिष्ठानका कलाकारले कार्यक्रममा सानो उमेरमा विवाह गर्दा र दाइजो कै कारण छोरीले भोग्नु पर्ने पिडाहरुलाई चित्रण गर्दै नाटक समेत प्रस्तुत गरेका थिए भने प्रसिद्ध गायक सुनिल पण्डित लगायतका कलाकारले दाइजो सम्बन्धी गीतहरु गाएका थिए ।
पोखरिया नगरपालिकाको मेयर दिपनारायण रौनियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, सामाजिक अभियन्ता डा. शुष्मा द्विवेदी, सामाजिक अभियन्ता प्रकाश थारु लगायतले लैंगिक हिंसा, बालविवाह, लागुऔषध दुव्र्यशन जस्ता विकृतिलाई रोक्न प्रहरीलाई समुदायले सहयोग गर्नु आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक मछिन्द्र केसी, माट्रिका आई फाउण्डेशनका महेश धामी, व्यवस्थित वीरगंज अभियानका संयोजक दिलिपराज कार्की, संचारकर्मी लगायत पोखरीया नगरपालिकाको सम्पूर्ण वडाको वडाअध्यक्षहरुको उपस्थिती रहेको थियो ।