जीप र मोटरसाईकल ठोक्किदा एकको मृत्यु अर्को घाइते

14

संतोष रन्जितकार
वीरगंज, २४ माघ ।
बाराको कलैयामा बिहीबार दिउसो जीप र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।
कलैया उपमहानगरपालिका १६ मानमत मटिअर्वा सडक खण्डमा भएको दुर्घटनामा जितपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वाका ३१ बर्षिय युवक संजिव ढकालको घटनास्थलमै मृत्यु भएको हो । सोही दुर्घटनामा परि मोटरसाईकलमा सवार कलैया उपमहानगपालिका २४ सखुईका रंजित पटेल गम्भिर घाईते भएका छन् ।
जितपुरसिमरा १८ को बडहर्वाबाट सदरमुकाम कलैयातर्फ जादै गरेको ना ५० प १०८० नम्बरको मोटरसाईकललाई विपरित दिसाबाट आएको बा १९ प ३७२९ नम्बरको जीपले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिपको ठक्करबाट मोटरसाईकल १५ फिटमाथिसम्म उडेर जमिनमा बजारिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
दुर्घटनमा परि ज्यान गुमाएका ढकाललको शवलाई पोष्टमार्टमको लागि कलैया अस्पतालमा राखिएको छ भने सोही दुर्घटनामा परि देब्रे खुट्टा भाँचिएको घाईते पटेलको उपचार नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा भइरहेको छ ।