फाइनल म्याचमा मुनलाईट मावि बिजयी

10

वीरगंज, २४ माघ ।
निजी तथा आवासिय विद्यालयहरुको छाता संगठन प्याब्सन वीरगंजद्वारा नारायणी रंगशालामा आयोजित फुटवल प्रतियोगित अन्तर्गत बिहिबार भएको फाइनल म्याचमा मुनलाइट मावी विजयी भएको छ । माघ १९ गते बाट शुरु भएको सो प्रतियोगितामा प्याब्सनमा आबद्व १५ विद्यालयहरुको सहभागीता रहेको थियो । बिहिबार भएको फाइनल म्याचमा मुन लाईट मा विले मनकामना मा विलाई शून्य को विरुद्ध १ गोल गर्दै विजय हासिल गरेको हो । सो फाइनल म्याचको समापन कार्यक्रममा बोल्दै वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगीले आउने चैतमा वीरगंजमा मेयर कप फुटबल हुने वाचा गर्नुभएको थियो । प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साहको सभापतित्वमा भएको कार्यक्रममा प्रहरी नायब उपरीक्षक मान बहादुर राई, एन प्याब्सन पर्साका अध्यक्ष राम सुन्दर चौधरी, पुरन प्रधान, कमल चौगाई, सरोज चौधरी, आलोक चौरसिया, सन्नि पाख्रिन, राहुल श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो । श्याम केसीको संयोजकत्वमा भएको प्रतियोगिताको सहजिकरण हेमन्त तामाङले गरेका थिए ।