बदमास निरन्जन प्रहरी हिरासतमा

7

वीरगंज, २४ माघ ।
विवादस्पद नवनागरिक निरन्जन अग्रवाललाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । झुठो विवरण पेश गरी नेपाली नागरिकता लिन सफल भएका अग्रवाल विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा कारवाहीको निम्ति निवेदन परेको भएतापनि पटक–पटक आएका प्रजिअहरुले पैसा लिंदै क्लिन चिट दिंदै दुनो सोझ्याउंदै गरेकोले स्थानीय प्रशासनमाथि सर्वसाधारण विश्वास घटन थालेको छ ।
वर्तमान प्रजिअको पालामा पनि विगतको जस्तै हुने हो कि कारवाही हुने हो त्यो हेर्न बाकी छ । अनेक थरीका गलत धन्धा गरेर आदर्श किरानामा झाडु लगाउंदै आगन्तुकहरुलाई पानी ख्वाउंदै आएका निरन्जन अग्रवालको अहिले हैसियत फेरिएको छ । आफ्ना मालिक अजय अग्रवालको धनधर्म दुवै लुट्न सफल भएका निरन्जन आफुले गरेको गलत धन्धाको कारण अहिले हिरासतमा छन् ।
वीरगञ्ज महानगरपालिका, १० आदर्शनगरमा रहेको ‘स्विट मार्ट फुड इन्डष्ट्रिज’का सञ्चालन गरी बसेका निरञ्जन कुमार अग्रवाललाई प्रहरीले हिरासतमा लिएको छ ।
‘सेन्टर फ्रुट’ चुइगम उत्पादन गर्दै आएको भारतीय कम्पनीले आप्mनो ‘ट्रेडमार्क’ चोरी गरेको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ‘कपी राइट’ मुद्दामा अग्रवाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अनन्तराज शर्माले पत्रकारहरुलाई जानकारी दिनुभएको छ ।
पैसा कमाएपछि सोझो मुखले कोहीसंग बोल्न गाह«ो मान्ने निरन्जन माथि कारवाही भएकोमा उनीद्वारा पीडित व्यक्तिहरु खुसी भएका छन् ।