भेनेजुएला प्रकरणमा प्रधानमन्त्री ओली र प्रचण्डको नाटक

26

चितवन, २४ माघ ।
भेनेजुएला प्रकरणमा आफुले बोलेका कुरा ठिक भएको र आफ्नो जिब्रो नचिप्लेको नेकपा अध्यक्ष्F पुष्पकमल दाहाल (प्रचण्ड)ले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले घुमाउरो भाषामा आप्mनो अभिव्यक्ति प्रति जनाउनु भएको असन्तुष्टिलाई नेकपा अध्यक्ष पुष्पकमल दाहालले स्वीकार गर्नुभएको छ । बिहिबार चितवन पुगेका अध्यक्ष प्रचण्ड आफुले व्यक्त गरेको विचार अनुसार नै नेपाल सरकार र पार्टी सचिवालयले पनि विज्ञप्ति निकालेको भन्दै त्यसमा कुनै विवाद गर्नु नपर्ने बताउनुभयो । भेनेजुएलामा अमेरिकाको हस्तक्षेप भयो भन्दै कडा शब्दमा अध्यक्ष प्रचण्डले विरोध जनाउंदै आएका छन् ।