अश्वमेध गायत्री महायज्ञमा सहभागिताको लागि सवैमा आहवान

9

वीरगन्ज २५ माघ
अखिल विश्व गायत्री परिवार, वेदमाता गायत्री शक्ति पीठ वीरगन्जले शुक्रबार पनि अश्वमेध गायत्री महायज्ञमा सहभागि जनाई सफल बनाउन विभिन्न ठाउमा कार्यक्रम सम्पन्न गरेको छ । शक्ति पीठका वरिष्ठ कार्यकर्ता धमेन्द्र गुप्ता, गात्री तीर्थ शान्तिकुज हरिद्धार भारतबाट आएका श्यामा राठोर नेतृत्वको टोली र महिला मंडलकी संध्या ठाकुरको नेतृत्वमा रहेको महिला टोलीले नगरको विभिन्न वडाहरुमा प्रभातफेरी, दिप यज्ञ र प्रचार प्रसार गोष्ठीको आयोजना गरेका थिए । वीरगन्जको प्रिपा, रानीघाट र ईनार्वमा व्यापाक दिप यज्ञ गरि महायज्ञको महत्व बारे जानकारी गराईएको थियो । रानीघाटमा स्थानिय सुरज प्रसाद साहले आयोजन गर्नुभएको दिप यज्ञमा शक्तिपीठका कार्यकर्ता रामाशंकर सिंहले कथाबाचन गरी महायज्ञको बारेमा जानकारी गराएका थिए । त्यस्तै प्रिपामा भएको प्रभातफेरी कार्यक्रममा स्थानिय काग्रेसका अगुवा नेता रामनारायण कुर्मी सहितको स्थानिय सहभागिता जनाउदै महायज्ञ सफल बनाउन आफूहरुको पूर्ण समर्थन र सहयोग रहने बताए । कार्यक्रम मार्फत वीरगन्जमा हुन लागेको अश्वमेध महायज्ञमा सहभागिताका लागि सवैमा आमन्त्रण गर्दै यज्ञको पूर्व संध्यामा निकालने कलश यात्रामा पनि व्यापक रुपमा सहभागिता जनाउन पनि आग्रह गरिएको वरिष्ठ कार्यकर्ता गुप्ताले बताए । महायज्ञले मुलुकको समृद्धि, देववासीमा साहस एव बल बृद्धि गर्नुका साथै राष्ट्रलाई समर्थ बनाउनु अश्वमेधको उदेश्य रहेकोले यसलाई सफल बनाउन सवैलाई आग्रह समेत गरिएको थियो । यही आउने फाल्गुन १९ गतेदेखि २४ गते सम्म ४ दिने वीरगन्जका पहिलो पटक अश्वमेध गायत्री महायज्ञको आयोजना हुन गईरहेको छ । महायज्ञमा नेपाल, भारत लगायत अन्य देशका प्रतिनिधहरुको व्यापक सहभागिता सहित ५ लाख भन्दा बढीको सहभागिता हुने आयोजकले जनाएको छ ।