आत्मरक्षा सम्बन्धि प्रशिक्षण तालिम सम्पन्न

15

संतोष रन्जितकार
वीरगंज, २५ माघ ।
वीरगञ्जमा उच्च शिक्षा अध्ययन गर्दै गरेका छात्राहरुलाई लक्षित गरेर ‘आत्मरक्षा (सेल्फ डिफेन्स)’ को तालिम शुक्रबार सम्पन्न भएको छ ।
‘मिसन साहसी’ अभियान अन्तर्गत प्राज्ञिक विद्यार्थी परिषद नेपालले प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको हो । छात्राहरुलाई भयमुक्त बनाउँदै आप्mनो सुरक्षा आफैं गर्न सक्ने वैचारिक एवं शारीरिक क्षमता अभिवृद्धि गर्न साहसिक प्रशिक्षण अभियानलाई शुरु गरिएको थियो ।
माघ ६ गते देखि त्रिजुद्ध माध्यमिक विद्यालयमा शुरु भएको सो अभियानमा डा. शुष्मा तिवारीको संयोजकत्वमा सम्पन्न गरिएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप–प्रमुख शान्ति कार्की, विशिष्ठ अतिथिहरु पर्सा प्रहरी उपरिक्षक रेवती ढकाल, वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्य, अतिथिहरु शिक्षा संयोजक अरबिन्द ढकाल, मिसन साहसी अभियानको प्रदेश नं. २ को अध्यक्ष लक्ष्मी कर्ण, समाजसेवी मधु राणा, प्राज्ञिक विद्यार्थी परिषदका धितराज न्युपाने, राधेश्याम सेन्चुरी, परिषदका नगरसचिव घनश्याम नायक लगायत १८ विद्यालयका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रहरी उपरीक्षक रेवती ढकाल, प्राध्यापक डा. दिपक शाक्य लगायतले आत्म विश्वास नै सबैभन्दा बलियो हतियार भएकोले कहिल्यैपनि आफूलाई कमजोर छु भनेर नसोच्न आग्रह गरेका थिए ।
महिला आत्मरक्षा र आत्म विश्वास बढाउनका लागि मिशन साहसी अभियान आज सफलतापूर्वक सम्पन्न भएको कार्यक्रम संयोजक डा. सुष्मा तिवारीले जानकारी दिइन् ।
संयोजक तिवारीले अहिलेको अवस्थामा महिला हिंसा तथा महिला दुव्र्यवहारको घटनाहरु दिनप्रतिदिन बढ्दै गएको कारण महिला हिंसा र दुव्र्यबहारको घटना न्युनिकरणका लागि फरक तरिकाले सोच्ने र प्रत्येक नारीलाई आप्mनो रक्षा आफैं गर्न सक्षम बनाउने उद्देश्यले मिसन साहसी अभियान सञ्चालन गरेको उनले बताइन् ।
सो अभियानले समाजमा विद्यमान महिला हिंसा न्युनिकरण गर्न, लागु औषध दुव्र्यसनबाट अलग राख्न र महिलाहरुको आत्मविश्वास समेत बढाएको उनले दावी गरिन् ।
प्रशिक्षणमा सहभागी छात्राहरुलाई विभिन्न सेल्फ डिफेन्स टेकनिकहरु सिकाउनुको साथै आत्मविश्वासी बन्न प्रेरित गरिने थर्ड डन ब्ल्याक बेल्ट इन्टरनेशनल रेफ्री राजेश्वर कुमारले बताए । प्रशिक्षणमा सिकाइएको वैचारिक एवं शारीरिक सीपहरुको छात्राहरुले प्रदर्शन समेत गरेका थिए ।